काठमाडौं– स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा सुखद सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकालेको हो ।


जोन म्याकगिनले २९औं मिनेटमा गरेको गोलले नै स्कटल्यान्डलाई निर्णायक गोल बन्न पुग्यो ।
जितसँगै स्कटल्यान्डले ३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । उक्त समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ ।
स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन नसकेको स्कटल्यान्ड २८ वर्षपछि विश्वकपमा छ ।
आजको पाँचौं खेल जर्मनी र कुराकाओबीच राति पौने ११ बजेबाट सुरु हुनेछ । यसअघि आजै भएको खेलमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
