भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • नेपाल पथ
  • २०८२ बैशाख २५, बिहिबार (७ घण्टा अघि)
  • ७३ पटक पढिएको
भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं– भारतको उत्तरकाशी जिल्लामा हेलिकप्टर दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ ।

Advertisement

उत्तरकाशीको गंगानीभन्दा पर एक निजी कम्पनी एरो ट्रिंक हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा परि दुई जना घाइते भएको छ । हेलिकप्टरमा सात जना सवार थिए । तीमध्ये पाँच जनाको मृत्यु र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

उत्तराखण्डमा हिजोआज चारधामको यात्रा चलिरहेको छ । केदारनाथ, बद्रीनाथ र गंगोत्री–यमुनोत्रीको दर्शन गर्न ठुलो संख्यामा तीर्थयात्रीहरू पुग्ने गरेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टरबाट पुगिरहेका छन् ।

 

#हेलिकप्टर_दुर्घटना

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट