बेनीघाट रोराङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • २०८२ जेष्ठ १, बुधबार (१० घण्टा अघि)
  • ६६ पटक पढिएको
बेनीघाट रोराङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

धादिङ– धादिङको बेनीघाट रोराङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पालिकाको १० वटै वडाका बालबालिकालाई आवश्यक खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

Advertisement

‘पूर्णखोपयुक्त बेनीघाट रोराङको सुनिश्चितता, हाम्रो प्रतिवद्दता’ भन्ने मूल मर्मका साथ गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष नवराज अधिकारीले चेपाङ बालबालिकाको बाहुल्यता रहेको बेनीघाट रोरा गाउँपालिकामा सबै बालबालिकालाई खोपको पँहुचमा पुर्याउन ठूलो चुनौति रहेको बताए । ‘खोपको सुनिश्चितता तथा दिगोपना निकै ठूलो चुनौतिका बावजुद पनि बेनीघाटले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सफल भएको छ । पालिकाको यो निकै ठूलो उपलब्धि हो’ उनले भने ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा खोप कार्यक्रमलाई प्रभावकारिता साथ सुरक्षित र गुणस्तरीय खोप सेवाको सबै बालबालिकाहरुमा समतामूलक रुपमा पहुँच विस्तार गरेको थियो ।

मासिक ३३ वटा खोप केन्द्रबाट सेवा प्रदान गर्दै आएको थियो । खोपबाट बचाउन सकिने रोगहरुलाई शुन्यमा पुर्याउने दुरदृष्टी, खोपवाट बचाउन सकिने रोगहरुका कारणले हुने विरामीदर, अपांगतादर र मृत्युदर घटाउने लक्ष्यका साथ पालिकाले काम गरेको बेनीघाट रोराङ गाउँपालिका कृष्ण बहादुर थपलिया (विवेक) ले बताए । फाल्गुन महिना (खोज) अभियान अन्तर्गत घरधुरी सर्वेक्षण गरियो । चैत्र महिना (खोप) अभियान अन्तर्गत विभिन्न कारणले खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोप लगाइयो । बैशाख महिना खोप महिनाका रुपमा मनाउने क्रममा वडा नं. १ देखि वडा नं. १० सम्म कोहि पनि बालबालिका राष्ट्रिय खोप तालिका अनुसार छूट नभएको सुनिश्चित गरि पूर्ण खोप वडा घोषणा सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उनले बताए ।

गाउँपालिका भित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई राष्ट्रिय खोप तालिका बमोजिम सबै खोपहरु प्रदान गरि पूर्ण खोप सुनिश्चितता निर्देशिका, २०७१ (संशोधन, २०७९) बमोजिमको प्रक्रिया पूरा गरि जिल्ला खोप समन्वय समितिवाट प्रमाणिकरण भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठले बताए ।

जनप्रतिनिधि, गाउँपालिकाबासी, स्वास्थ्यकर्मी, कर्मचारी सबैको साथले बेनीघाट रोराङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सकिएको प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरेले बताइन् । ‘चेपाङ समुदायको बाहुल्यता रहेको बेनीघाट रोराङ गाउँपालिकामा निश्चयनै थुप्रै चुनौति थिए । शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माण लगायतका क्षेत्रमा पालिकाले विशेष योजना बनाएर काम गरिरहेको छ । पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्यौं । मापदण्ड पुरा गरेजस्तै कार्यान्वयन पक्षलाई पनि प्राथमिकतामा राखेर काम गर्छाैं’ उनले भनिन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट