नुवाकोटमा प्रधानाध्यापकहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण

  • २०८२ जेष्ठ १९, सोमबार (३ दिन अघि)
  • ९३ पटक पढिएको
नुवाकोटमा प्रधानाध्यापकहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण

नुवाकोट– नुवाकोटको म्यागङ गाउँपालिका देउरालीमा बालमैत्री स्थानीय शासनको नितिगत र प्रक्रियागत विषय सम्बन्धि अभिखिकरण कार्यक्रम गरिएको छ ।

Advertisement

म्यागङ गाउँपालिकाका १९ विद्यालयका प्रधानाध्यापकहरु र लैगिक शिक्षकहरुको लागि बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धि जानकारी दिने र बालमैत्री विद्यालय र बालबालिकाको सवालमा क्षमता विकास गर्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, विद्यालयमा बालक्लब गठन र परिचालन, शैक्षिक विकासमा प्रधानाध्यापकको उत्तरदायित्व र जिम्मेवारी, बालमैत्री स्थानीय शासन वडा तथा पालिका स्तरीय संरचना र बालमैत्री स्थानीय शासनका ५१ सूचकहरू, कार्यान्वयनका चरणहरु लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक एवम् बालमैत्री स्थानीय शासनविज्ञ दामोदर अर्यालले सहजीकरण गरेका थिए ।

म्यागङ गाउँपालिकाले २०८३ चैत सम्ममा बालमैत्री शानयुक्त पालिका अवलम्बन तथा घोषणा गर्ने लक्ष्य सहित बालमैत्री अभियानलाई तिब्रता दिएको गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता तामाङ, वडा नम्बर ६ का वडाध्यक्ष हरि कुमार तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवकी सिम्खडा लगायत ४५ जना सहभागी रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख फुलमाया खजुमले जानकारी दिइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट