बाढी प्रभावितलाई किण्डरवोर्ल्ड बोर्डिङ स्कुलद्धारा ३९ हजार सहयोग

  • २०८३ भाद्र १६, मंगलबार (१५ मिनेट अघि)
  • ९ पटक पढिएको
बाढी प्रभावितलाई किण्डरवोर्ल्ड बोर्डिङ स्कुलद्धारा ३९ हजार सहयोग

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–३ मा रहेको किण्डरवोर्ल्ड बोर्डिङ स्कुलले रसुवा बाढी प्रभावितका लागि ३९ हजार १० रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यार्थीहरुबाट संकलित ९ हजार १० रुपैयाँ र विद्यालयको तर्फबाट ३० रुपैयाँ गरी ३९ हजार १० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

Advertisement

संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रिन्सिपल सुर्य कुमार श्रेष्ठले बताए । ‘विपद्को यस्तो कठिन समयमा आफूले सक्ने सहयोग गर्नु विद्यालयको सामाजिक तथा मानवीय दायित्व हो । बाढीपहिरोका कारण धेरै परिवारले आफ्ना आफन्त, बालबालिकाले अभिभावक गुमाउनुका साथै जायजेथा गुमाएका पीडित परिवारलाई राहत मिल्ने उद्देश्यले सहगोग गरिएको हो’ उनले भने ।
बाढी प्रभावित बालबालिकाहरुलाई किण्डरवोल्र्ड बोर्डिङ स्कुलमा निशुल्क अध्यापन गराउने समेत उनले बताए । उनले भने– ‘प्रकोपबाट अभिभावक विहिन बालबालिकाहरुलाई खानेबस्ने सुविधासहित विद्यालयले निशुल्क अध्यापन गराउनेछौं ।’

‘देश नै कठिन परिस्थितिबाट गुज्रिरहेको बेला मानवीय सहयोग र एकताले पीडितलाई ठूलो राहत पुग्ने छ । विगतका दिनहरुमा पनि विद्यालय परिवारले यस्तै सहयोग गर्दै आएको छ । विद्यालयले विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेछौं’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट