खोलाले बगाउँदा सुकुमाया चेपाङको मृत्यु

  • २०८३ आश्विन ९, शुक्रबार (८ सेकेण्ड अघि)
  • ० पाठक संख्या
खोलाले बगाउँदा सुकुमाया चेपाङको मृत्यु

धादिङ– धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ताल्तीमा खानीखोला तर्ने क्रममा एक महिलालाई खोलाले बगाउदा ज्यान गएको छ ।

Advertisement

शुक्रबार साँझ ताल्तीस्थित खानीखोलाले ५५ वर्षिया सुकुमायाँ चेपाङलाई खोलाले बगाउँदा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए । सुकुमाया चेपाङ ताल्तीबाट तार्लाखतर्फ जाने क्रममा खानीखोला तर्दै गर्दा खोलाले बगाएको हो । घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी ताल्तीबाट प्रहरी सहायक निरीक्षक भगवान खरेलको कमान्डमा तीन जनाको टोलीले सुकुमायाँ चेपाङलाई उद्धार गरी उपचारका लागि टिचिङ अस्पताल मलेखु पठाइएको थियो । तर उपचारको क्रममा उनको ज्यान गएको हो’ प्रहरी नायव उपरीक्षक दाहालले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट