धादिङमा आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइयो

  • २०८२ अषाढ २९, आईतबार (१६ घण्टा अघि)
  • ८८ पटक पढिएको
धादिङमा आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइयो

धादिङ– नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती रचना वाचन कार्यक्रम गरि मनाएको छ । आदिकवि भानुभक्त आचार्यको सम्मान तथा सम्झनामा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले रचना वाचन कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा धादिङका साहित्यकार, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा लेखक तथा कविहरुले आफ्नो मौलिक रचना वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले भानुभक्त आचार्यले नेपाली भाषा तथा साहित्य क्षेत्रमा चेतना फैलाउदै उल्लेखनिय काम गरेको बताए ।

‘भानुभक्तको योगदान केवल रामायणको नेपाली अनुवादमा मात्र सीमित छैन । जनमानसको आवाजलाई साहित्यमा उतारेका छन्’ उनले भने– ‘नेपाली साहित्य क्षेत्रमा भानुभक्त आचार्यले पुर्याएको योगदान हामी सबैले सदैव सम्मान गरिरहनुपर्छ । २१२औं जन्मजयन्ती हाम्रो लागि प्रेरणा हो ।’

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले भानुभक्त जयन्तीको अवसरमा हरेक वर्ष विविध साहित्यिक कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानले साहित्यिक चेतनाको विकासका लागि युवाहरूमाझ सिर्जनात्मक क्षमतालाई प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम निरन्तरता दिदै आएको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेलले बताए ।

कार्यक्रममा सहभागीहरुलाई केही कृति तथा साहित्यिक पुस्तकहरू वितरण गरिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट