विधान महाधिवेशन रचनात्मक बनाउन अध्यक्ष ओलीको निर्देशन, एमालेको पार्टी सदस्यता १५ प्रतिशतले बढ्यो 

  • २०८२ श्रावण २, शुक्रबार (११ घण्टा अघि)
  • ५५ पटक पढिएको
विधान महाधिवेशन रचनात्मक बनाउन अध्यक्ष ओलीको निर्देशन, एमालेको पार्टी सदस्यता १५ प्रतिशतले बढ्यो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक तथा सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा भएको पार्टीको पोलिटव्युरो  बैठकमा उनले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माणको काम भएकोले नेताहरुलाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिएका हुन् ।

यस्तै बैठकमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शङ्कर पोखरेलको पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको बताए । उनले पार्टी संगठित सदस्य  १५ प्रतिशतले बढेको उनले बताए । `अहिलेको पार्टी सदस्यता तथा नविकरण हेर्दा करिव १५ प्रतिशत बढेको भन्ने तथ्यांक छ । अझै तथ्याङ्क आउने क्रम जारी छ । सवै तथ्याङ्क आएपछि सार्वजनिक गर्दछौ ,´ उनले भने- `करिव १५ प्रतिशतले वृद्धि भएको छ । पार्टी संगठित सदस्य बढेकोमा हामी सबै उत्साही भएका छौ । ´

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आआफ्नो धारणा राखेका छन् । लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ्, शेरधन राई, खगराज अधिकारी र कर्णवहादुर थापाले आफ्नो धारण राखेका छन्  । भोलि अन्य पोलिटव्युरो सदस्यहरुले आफ्नो धारण राख्ने कार्यक्रम रहेको छ ।

विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० बर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ । यस्तै विधान संशोधन प्रस्तावमा पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने राखिएको छ । यस्तै विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटव्युरो कमिटी र केन्द्रीय कमिटी गरि तीन तह रहने व्यवस्था गरिएको छ ।

यस्तै विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट