सरकारले गरेको धरपकड र चरित्र हत्या विरुद्ध एमाले धादिङको चेतावनी

  • २०८२ आश्विन २२, बुधबार (५ दिन अघि)
  • ४८२ पटक पढिएको
सरकारले गरेको धरपकड र चरित्र हत्या विरुद्ध एमाले धादिङको चेतावनी

धादिङ- नेकपा एमाले धादिङले अहिलेको सरकारले असंवैधानिक र अदृश्य शक्तिको आडमा पार्टीका शीर्ष नेताहरूमाथि बिना प्रमाण धरपकड र चरित्र हत्या गर्ने अभियान चलाएको भन्दै कडा आपत्ति जनाएको छ । असंवैधानिक गतिविधि नरोकिए एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने बताएका छन् ।

एमाले धादिङ प्रेस वक्तव्य जारी गर्दै सरकारले नेकपा एमालेका श्रद्धेय अध्यक्षसहित नेताहरूमाथि बिना आधार र प्रमाण धरपकड गर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, जनतामा डर र त्रास फैलाउने तथा एमालेको तेजबोध गर्ने जस्ता हर्कतहरू गरिरहेको उल्लेख गरेको छ । विज्ञप्तिमा यस्ता गतिविधि तत्काल रोक्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ।

नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले यदि यस्ता असंवैधानिक गतिविधि नरोकिए एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने बताएका छन् । ‘कडा प्रतिवादका लागि सडकमा उत्रिदा सिर्जित हुने परिणामको सम्पूर्ण जिम्मेवारी अहिलेको सरकारले नै लिनुपर्नेछ’ उनले भने ।

अध्यक्ष त्रिपाठीले एमालेका सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी पंक्तिलाई यस्ता गतिविधि देखिए तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट