काठमाडौं– आज सेयर बजारमा एकाएक ४ प्रतिशत वृद्धि भएको छ । वजार ४ प्रतिशतले वृद्धि भएपछि कारोबार केही समयका लागि रोकिएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सेयर धितोकर्जाको २५ करोड रुपैयाँको सीमा हटाएपछि बिहीबार त्यसको प्रभाव परेको देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहान ११ः ०३ बजेसम्ममा बजार ४ प्रतिशतले बढेर २,६६२ अंकमा पुगेपछि सर्किट ब्रेकर लागेको हो।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप