





























काठमाडौं– सुनको मूल्यमा लगातार वृद्धि भएको छ । मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य प्रतितोला चार हजार नौ सय रूपैयाँले बढेको हो ।


सुनको मूल्य प्रतितोला चार हजार नौ सय रूपैयाँले बढेर दुई लाख ४६ हजार ४ सय रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार एक सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्थानीय बजारमा मंगलबार चाँदीको मूल्य पनि प्रतितोला एक सय पाँच रूपैयाँले बढेर तीन हजार एक सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
