धादिङको गुम्दी सातदोबाटोमा लिः ल घले ल्होसार बृहत लोक सांस्कृतिक कार्यक्रम हुने

  • २०८२ पौष १७, बिहिबार (५ महिना अघि)
  • १७९ पटक पढिएको
धादिङको गुम्दी सातदोबाटोमा लिः ल घले ल्होसार बृहत लोक सांस्कृतिक कार्यक्रम हुने

धादिङ- घले समुदायको मौलिक पहिचान, इतिहास र सांस्कृतिक सभ्यतालाई संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले गङ्गाजमुना गाउँपालिका स्तरीय (लिः ल) घले ल्होसार कार्यक्रम गर्ने भएको छ । “हाम्रो गौरव, हाम्रो शान – घ्यो ल्होसार हाम्रो पहिचान” भन्ने मूल मर्मका साथ लिः ल फङ (घले समाज) मुल ल्होसार आयोजक कमिटि गङ्गाजमुना गाउँपालिका धादिङको आयोजनामा गुम्दी सातदोबाटोमा कार्यक्रम गर्न लागिएको हो ।

Advertisement

ल्होसारलाई केवल पर्वको रूपमा नभई घले समुदायको ऐतिहासिक चेतना, सामूहिक स्वाभिमान र सांस्कृतिक अधिकारको अभिव्यक्तिका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको लिः ल फङ (घले समाज) केन्द्रीय महासचिव धनबहादुर घलेले जानकारी दिए । कार्यक्रममा घले समुदायको परम्पराअनुसार विधिपूर्वक पूजाआजा, परम्परागत नृत्य, झाँकी, मारुनी, घले संस्कृति झल्किने गीत संगीत तथा विविध सांस्कृतिक प्रस्तुति रहनेछन् । घले समुदायको भाषा, भेषभूषा, संस्कार र ऐतिहासिक निरन्तरताको सन्देश राष्ट्रिय स्तरमा प्रवाह गर्ने हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय स्तरमा परिचित कलाकारहरूको प्रस्तुति, स्थानीय कलाकार तथा सांस्कृतिक समूहको सहभागिताले ल्होसारलाई केवल मनोरञ्जनमा सीमित नराखी पहिचान संरक्षणको सांस्कृतिक आन्दोलनका रूपमा अघि बढाइने धनबहादुर घलेले बताए । उनले भने– ‘पछिल्लो समय साना आदिवासी समुदायका मौलिक संस्कृतिहरू ओझेलमा पर्दै गएको अवस्थामा घले समुदायको ल्होसारले सांस्कृतिक विविधताको महत्वलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने विश्वास गरिएको छ ।’

ल्होसार कार्यक्रमले घले समुदायको संस्कृति संरक्षणसँगै स्थानीय पर्यटन प्रवद्र्धन, आर्थिक चलायमानता र सामाजिक सद्भाव मजबुत बनाउने उनको भनाई छ । गङ्गाजमुना क्षेत्रलाई घले संस्कृतिको केन्द्रका रूपमा चिनाउने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट