





























धादिङ– धादिङकी गायिका सुनिता वाईबाको पहिलो गायन प्रस्तुति तामाङ म्हेन्दोमाया गीत ‘वाईबा रानी’ सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच म्हेन्दोमाया सर्जकहरुले गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
वाइबा रानी बोलको गीत सुनिता वाईवा र शैलाव वाईबाको सुमधुर आवाजमा सजिएको छ । मोडल अभिनयबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी सुनिता वाईबाले गायन क्षेत्रमा डेब्यु गरेकी छिन् ।
उनले आफ्नो जन्मभूमि र वाईबा ग्याल्बो (वाईबा राजा)को आशीर्वाद लिएर गायन क्षेत्रमा कदम राखेको बताइन् । मोडलमा मात्र होइन गायन, निर्देशन र कोरियोग्राफी समेत स्वयं सुनिता वाइबाले नै गरेकी छिन् । मोडलिङबाट सांगीतिक क्षेत्रमा यात्रा गरिरहेकी सुनिता गायन क्षेत्रमा पनि सफलता मिल्ने अपेक्षामा छिन् । अभिनयमा जस्तै गायन क्षेत्रमा पनि दर्शक श्रोताको साथ र माया पाउने विश्वास रहेको उनले बताइन्।
गीतको भाव अनुसार तयार गरिएको भिडियोमा कथाले मागे अनुसारको दृश्य संयोजन गरिएको छ। छायांकनका क्रममा सुनिताले आफ्नो जन्मथलो धादिङको नेत्रावती डबजोङ गाउँपालिका अन्तर्गत गैरा वाका क्षेत्रलाई प्राथमिकता दिएकी छिन्।
भिडियोमा वाइबा समुदायको इतिहास, संस्कार र पहिचान झल्किने वाईबा ग्याल्बोको वर्णन तथा दृश्यकाव्य समेटिएको छ । ‘वाईबा रानी’ गीतले म्हेन्दोमाया गीत संगीत क्षेत्रमा नयाँ स्वाद थपेको छ।



स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
