धादिङको महादेवबेसीमा दुर्घटना हुँदा एकको मृत्यु 

धादिङको महादेवबेसीमा दुर्घटना हुँदा एकको मृत्यु 

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ महादेवबेसीमा नजिकै दुईवटा यात्रु बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

काठमाडौंबाट रसुवाको लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौ आउदै गरेको प्रदेश ३-०१००६ ख १५५२ नम्बरको बस एक आपसमा ठोक्किदा  चिया पिउदै गरेका एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार ठक्करपछि बस अनियन्त्रित भइ सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा चिया पिउँदै गरेका ३५ वर्षीय सुजन तामाङको ज्यान गएको हो । दुर्घटनामा परि घाइते भएका चिया पसले खगेश्वर शर्मा र बसमा सवार सफलता पुलामी घाइते भएका छन् । शर्माको बिएनबी अस्पतालमा उपचार भई रहेको उनले बताए ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट