त्रिशुली किनारमा यात्रुबस खस्दा १७ जनाको मृत्यु

त्रिशुली किनारमा यात्रुबस खस्दा १७ जनाको मृत्यु

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ चरौँँदी नजिकै भैसीगौडामा यात्रुबस त्रिशुली किनारमा खस्दा १७ जनाको ज्यान गएको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस राति करिब साढे१ बजे त्रिशुली किनारमा खसेको हो ।

दुर्घटनामा परी घाइते भएका २७ जनाको घटनास्थलबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले बताए । बसमा ४४ जना सवार रहेका थिए । दुर्घटना परि घाइते भएकाहरूको बेनीघाट आसपासको स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ लगिएको उनले बताए ।

 

Advertisement

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट