





























धादिङ– आसन्न निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट र घरदैलो अभियानमा सक्रिय छन् । धादिङ क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले आज नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न बस्तिका नागरिकहरुसँग भेटघाट गरेका छन् ।
मतदाता भेटघाटका लागि घर आँगन आइपुगेका उम्मेदवार घलेलाई शुभकामना र आशिवार्द दिदै स्थानीयले मतको सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् । मतदान नागरिकको अधिकार रहेको भन्दै दिएको मत गाउँको विकास र समृद्धिको काममा प्रयोग गरेर गाउँमा विकास गर्नु पर्ने बताएका छन् ।
नीलकण्ठ नगरपालिकामा सडक सञ्जाल, विकास, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै स्थानीयले मतदान गरेजस्तै विकास पनि हुनु पर्नेमा जोड दिएका छन् ।
उम्मेदवार घलेले पनि मतदाताले दिएको मतको सम्मान हुने गरि काम गर्ने बताएका छन् । ‘हरेक मतको सदुपयोग हुनेछ । बालकालिकादेखि युवा र वृद्धवृद्धासम्म नागरिकको चाहना र आवश्यकता हेरेर कानुन बनाउने र विकासमा नागरिकको जनजिवन फेरिने गरि काम गर्नेछु’ उनले भने– ‘संविधान सभा सदस्य बन्दा पनि धादिङको गरिमा उचो हुने गरि काम गरेको थिए । त्यो विश्वास र तपाईहरुको साथको फेरी पनि सम्मान हुने गरि काम गर्नेछ ।’


त्यसैगरी समानुपातिक तर्फ नेकपा एमालेका उम्मदवार गंगादेवी श्रेष्ठले सबै जाति वर्ग लिङ्गको समान पहुँच हुनेगरी विकास गर्न पहल गर्ने बताएकी छिन् । अवसरबाट वञ्चित समुदायलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
