एमाले धादिङले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई बुझायो विरोध पत्र

एमाले धादिङले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई बुझायो विरोध पत्र

काठमाडौं– नेकपा एमाले जिल्ला कमिटी धादिङले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ विरूद्ध आइतबार धादिङ बेसीमा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीमार्फत सरकारलाई विरोध पत्र बुझाएको छ ।

Advertisement

शनिबार बिहान गरिएको गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्राही र गैरकानुनी भन्दै एमाले धादिङले प्रदर्शन गरेको छ । जिल्लाको सदरमुकाम धादिङबेसी पुछारबजारदेखि ¥यालीसहित जिल्ला प्रशासन कार्यालय धादिङ पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोध पत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले गेट बाहिरै आएर विरोध पत्र बुझेका हुन् ।

प्रदर्शन र विरोधपत्र बुझाएपछि विरोध सभा गर्दै निशर्त नछाडीए चरणवद्ध रुपमा आन्दोलन अघि बढ्ने उनीहरुले बताएका छन् । विरोध सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य खेम प्रसाद लोहनीले अध्यक्षलाई रिहाई नगरे देशमा आगो बल्ने चेतावनी दिएका छन् । ‘हामी विधिको शासनमा छौं । आन्लोलन र आगजनीको जगमा टेकेर बनेको सरकारले गरेको यो काम लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत छ’ उनले भने– ‘गैर संवैधानिक र गैर कानुनी कामको विरोध र प्रतिकारमा छौं प्रतिशोधका लागि पक्राउ गरिएको छ । विना सर्त रिहाई गरिनुपर्छ । यो सुरुवात हो रिहाई नगरिए देशभर आगो बल्छ ।’

त्यस्तै, एमालेका केन्द्रीय सदस्य भुमी त्रिपाठीले मुलुकलाई आगो लगाएर जग बनाएको सरकारले असंवैधानिक काम गरेको बताए । ‘नाटक मञ्चन गर्दै कानुनविपरित निर्णय गरेको छ । यो नेकपा एमाले, कांग्रेसलाई मात्र पक्रेको होइन । प्रतिशोध गर्दै लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत पक्राउ हो ।

एमाले धादिङले प्रदर्शन तथा विरोध पत्र बुझाउदै कानुन र संविधानविपरीत रहेको ठहर गर्दै दुवै नेतालाई तत्काल रिहा गर्न माग गरेको हो । एमालले देश भर आन्दोलन गर्ने र त्यसको क्षति सरकारले व्यहोर्नुपर्ने एमाले धादिङकी सचिव राधिका सापकोटाले बताएकी छन् । छानविनका लागि तत्कालिन सरकारले गौरी बहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोग मान्य नहुने भन्दै आयोगद्धारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रह, प्रतिशोध, अनुसन्धानको न्यायिक सिद्धान्तविपरित रहेको उनले बताइन् ।

सिंहदरबार, सर्वाेच्च अदालत, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति जलाउनेहरु सरकारमा पुगेर संविधान विपरित अध्यक्ष ओलीलाई पक्राउ गरेको एमाले अध्यक्ष अर्जुन कुमार श्रेष्ठ(गोर्खाली) ले बताए । ‘लिपुलेक लिम्पियाधुरा जस्ता भुभाग नेपालको भनि विश्वमा नेपाल कोहीसँग झुग्दैन भनेर सार्वभौमसत्ता र राष्ट्रियतामा अडान लिने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गलत सावित गरेर सिंगो एमालेलाई धक्का पु¥याउन खोजिएको छ । तर एमाले नेपाली जनता र राष्ट्रियताका लागि सधैं अडिग छ’ उनले भने ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट