धादिङमा निर्माणाधीन फ्रेन्च फ्राइ उद्योगको सभामुख अर्यालद्वारा अवलोकन 

  • नेपाल पथ
  • २०८२ चैत्र २९, आईतबार (१ महिना अघि)
  • ४८ पटक पढिएको
धादिङमा निर्माणाधीन फ्रेन्च फ्राइ उद्योगको सभामुख अर्यालद्वारा अवलोकन 

धादिङ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपि) अर्यालले धादिङ जिल्लामा निर्माणाधीन फ्रेन्च फ्राइ उद्योगको स्थलगत अवलोकन गरेका छन् । श्री कला एग्रो बेस इण्डष्ट्रिज प्राइभेट लिमिटेडद्वारा करिब एक अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त उद्योगलाई जिल्लाको महत्वपूर्ण औद्योगिक पहलका रूपमा हेरिएको छ।

अवलोकनपछि सभामुख अर्यालले युवाहरूको सक्रियतामा सञ्चालन भइरहेका उद्योग–व्यवसायले राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्  । यस्ता उद्यमलाई नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग, सहजीकरण र प्रोत्साहन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माण गर्न राज्यले थप पहल गर्नुपर्नेमा समेत जोड दिएका छन्  ।

प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठको युवा व्यवसायीहरूको लगानी र पहलको खुलेर प्रशंसा गरेका छन्  । उद्योगले स्थानीय रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उद्योग सञ्चालक रमेश भाई अधिकारीले निर्माणाधीन उद्योगको वर्तमान अवस्था, प्रगति र आगामी योजनाबारे जानकारी गराउनुका साथै नेपालमा लगानीकर्ताहरूले भोगिरहेका चुनौती तथा समस्या बारे जानकारी गराएका छन्  । उद्योग सञ्चालनमा आएपछि स्थानीय कृषिजन्य कच्चा पदार्थको उपयोग वृद्धि हुने र जिल्लाको आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट