






























काठमाडौं– धादिङको जिल्ला सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका- ३ शान्तबजारमा मोटरसाइकलको ठक्करबाट एक जना बालक घाइते भएका छन्।
बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा नीलकण्ठ नगरपालिका- ३ बीचबजारका सिद्धनारायण श्रेष्ठका ६ वर्षीय छोरा सलिन श्रेष्ठ घाइते भएका हुन् । स्थानीयका अनुसार बाटो क्रस गर्ने क्रममा धादिङबेसी पुछारबजारतबाट बीचबजारतर्फ आउँदै गरेको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो ।
धादिङ अस्पतालका अनुसार उनको टाउको, दायाँ हात र खुट्टामा चोट लागेको छ । धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
सलिनलाई ठक्कर दिएर फरार मोटरसाइकलको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।



