धादिङको कृष्णभिरमा माइक्रोबस दुर्घटना हुँदा ५ जना घाइते

धादिङको कृष्णभिरमा माइक्रोबस दुर्घटना हुँदा ५ जना घाइते

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा माइक्रोबस सडकमा पल्टिएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २७९६ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

माइक्रोमा चालक र सहचालकसहित १३ जना सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन् । घटनालगत्तै स्थानीयवासी, प्रहरी तथा उद्धार टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि केही समय सडक क्षेत्रमा सवारी आवागमन प्रभावित भए पनि अहिले अवस्था सामान्य बन्दै गएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट