काठमाडौं– अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । अर्जेन्टिनालाई फिफा विश्वकप र दुई कोपा अमेरिका उपाधि दिलाएका ३९ वर्षीय मेसीले आफ्नो राष्ट्रिय टोलीसँगको यात्रा समाप्त भएको बताएका हुन् ।


करिब दुई दशक लामो अन्तर्राष्ट्रिय करियरमा मेसी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले राष्ट्रिय टोलीबाट २१० खेलमा १२५ गोल गर्दै अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका तथा फिनालिसिमा उपाधि दिलाएका थिए ।
मेसी आठ पटकका बालोन डी’ओर विजेता हुन् । उनी अहिले अमेरिकन क्लब इन्टर मियामीबाट क्लब फुटबल खेलिरहेका छन् । सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै मेसीले यो निर्णय आफ्नो आत्माका लागि सबैभन्दा पीडादायी भए पनि यही सही समय भएको उल्लेख गरेका छन् । भगवानलाई धन्यवाद दिदै अर्जेन्टिनी भएकोमा खुसी व्यक्त गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
