भारी वर्षाको सम्भावना उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

  • २०८३ आश्विन ७, बुधबार (२ मिनेट अघि)
  • २ पटक पढिएको
भारी वर्षाको सम्भावना उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

धादिङ–भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभागले असोज ६ गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेका हो ।

Advertisement

धादिङसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ । भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताएकी छन् ।

अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्था भए अतिरिक्त कपडा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरेको छ । यात्राका क्रममा बाढी, पहिरो वा सडक अवरोध भए सुरक्षित स्थानमा आश्रय लिनसमेत आग्रह गरिएको छ ।

त्यस्तै, नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पहिरो जोखिमयुक्त स्थान र खोला–नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उनले आग्रह गरेकी छन् ।

कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको ९२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट