रुवी भट्टराईको(युवातर्फ) महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

  • २०८३ आश्विन ११, आईतबार (२ घण्टा अघि)
  • ४ पटक पढिएको
रुवी भट्टराईको(युवातर्फ) महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

धादिङ– धादिङका युवा नेता रुवी भट्टराईले नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि (युवातर्फ) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अग्रज नेताहरू देखि युवा नेतृत्वको बिच समन्वयकारी भुमिका निर्वाह गर्दै युवालाई केन्द्र देखी क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्न आफुले उम्मेदवारी दिएको धादिङको सिद्धलेक गाउँपालिका–१ का रूबी भट्टराई बताउँछन् ।

Advertisement

‘लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका पार्टीभित्र नयाँ पुस्ताको सशक्त प्रतिनिधित्व गर्दै नीति निर्माण तहमा युवा सहभागिता र संगठनलाई समयानुकूल चलायमान बनाउनु पर्नेछ । त्यसै अग्रणी भूमिकाका लागि पनि मेरो उम्मेदवारी हो’ उनले भने ।

राजनीतिक परिवर्तन र पार्टीका हरेक लोकतान्त्रिक आन्दोलनमा युवाहरूको ऊर्जा र सिर्जनात्मक सोच अपरिहार्य रहेको भन्दै उनले पार्टीलाई गतिशीलता प्रदान गर्न युवामैत्री नीतिको खाँचो औँल्याएका छन् । उनले भने– ‘आजको युग सुशासन, प्रविधि र द्रुत विकास भएकाले कांग्रेसभित्र पनि युवा नेतृत्वको उपस्थिति निर्णयक हुनुपर्नेछ । पार्टीको विचार र सिद्धान्तलाई युवा पुुस्तामाझ अझै प्रभावकारी रूपमा जोड्न तथा तल्लो तहदेखि नै युवाको नेतृत्व विकासका लागि आफूले पहल गर्ने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको छु ।’

विद्यार्थी कालदेखिनै नेपाली कांग्रेसको संगठनात्मक यात्रामा निरन्तर क्रियाशील भट्टराईसँग सांगठनिक नेतृत्वको बलियो अनुभव छ । उनले यसअघि नीलकण्ठ मा.वि. इकाई उपाध्यक्ष तथा नीलकण्ठ उच्च माध्यमिक विद्यालय इकाई अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) धादिङ निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै युवाहरूलाई गोलबन्द गराएका थिए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि, बागमती प्रदेश महाधिवेशन प्रतिनिधि रहेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट