कांग्रेस महाधिवेशन: धादिङमा देउवा पक्षले तोक्यो जिम्मेवारी

कांग्रेस महाधिवेशन: धादिङमा देउवा पक्षले तोक्यो जिम्मेवारी

धादिङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले धादिङमा पनि संगठन परिचालन तथा महाधिवेशन केन्द्रित गतिविधिलाई तीव्रता दिएको छ ।

Advertisement

देउवा पक्षका तर्फबाट धादिङ जिल्ला संयोजकको जिम्मेवारी गोपाल विश्वकर्माले सम्हालिरहेका छन् । महाधिवेशनको तयारीसँगै जिल्लामा संगठनलाई सक्रिय बनाउने र आवश्यक समन्वय गर्ने गरी क्षेत्र तथा प्रदेश तहमा समेत जिम्मेवारी बाँडफाँटको थालिएको छ । नेपाली कांग्रेस धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ ले आगामी असोज १५ गतेदेखि सुरु हुने भनिएको १५औँ महाधिवेशनको तयारी तथा परिचालनका लागि रवि सुदन थापालाई परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

त्यसैगरी, प्रदेश सभा क्षेत्र नं. १(क) मा नेपाली कांग्रेसका वर्तमान उपसभापति तथा युवा नेता सुजन पाण्डेलाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ । प्रदेश सभा क्षेत्र नं. १(ख) मा नेपाली कांग्रेसका पूर्व जिल्ला कार्यसमिति सदस्य ज्ञानेन्द्र सिलवाललाई संयोजकमा सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेसका युवा नेता विकास अधिकारीले जानकारी दिए ।

महाधिवेशनलाई लक्षित गर्दै क्षेत्र तथा प्रदेश तहमा जिम्मेवारी तोकिएसँगै देउवा पक्षले धादिङमा संगठन परिचालन, कार्यकर्ता समन्वय तथा महाधिवेशनको तयारीलाई अघि बढाउने काम भइरहेको छ । आगामी असोजमा हुने १५औँ महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी, समन्वय तथा संगठन परिचालनका लागि नेतृत्व चयन गरिएको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट