धादिङ– नेपाली कांग्रेस धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा २(क) को सभापतिमा प्रकाश श्रेष्ठ विजयी भएका छन् ।


उनले ५४७ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिस्पर्धी इश्वर अर्यालले ३७६ मत प्राप्त गरेका छन् । श्रेष्ठ नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका प्रवक्ता हुन् ।
त्यस्तै, प्रदेशसभा २(क) को उपसभापतिमा उद्धव सिलवाल, सचिवमा होमबहादुर तामाङ, सहसचिव उर्मिला देवी कार्की नेपाल, रमेश अधिकारी विजयी भएका छन् ।
अन्तिम मत परिणाम


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
