नियमित महाधिवेशन पक्षधर कांग्रेस नीलकण्ठ नगरसभापतिमा पदम पोखरेल

  • २०८३ आश्विन २०, मंगलबार (७ मिनेट अघि)
  • ४ पटक पढिएको
नियमित महाधिवेशन पक्षधर कांग्रेस नीलकण्ठ नगरसभापतिमा पदम पोखरेल

धादिङ– नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेस नीलकण्ठ नगरकार्यसमितिको सभापतिमा पदम पोखरेल निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न नगर अधिवेशनबाट पोखरेल सभापतिमा निर्वाचित भएका हुन् ।

Advertisement

नगरकार्यसमितिको उप सभापति सरस्वती कोइराला, सचिव भिमबहादुर मगर, सहसचिव चेत बहादुर थापा क्षेत्री चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा विष्ण प्रसाद पोखरेल, भगवती ढकाल, साधुराम ढकाल, भक्तबहादुर श्रेष्ठ, पूर्णमान बराइली र भेरबहादुर थापा मगर चयन भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा पक्ष र गगन थापा पक्षले छुट्टाछुट्टै अधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला नीलकण्ठमा देउवा पक्षको नगर कार्यसमिति चयन गरिएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट