दुर्गा प्रसाईँको नेतृत्वमा ‘नेपाल पथ दल’ दर्ता

  • २०८३ आश्विन २३, शुक्रबार (६ घण्टा अघि)
  • ४ पटक पढिएको
दुर्गा प्रसाईँको नेतृत्वमा ‘नेपाल पथ दल’ दर्ता

काठमाडौं– मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन् । उनको नेतृत्वमा ‘नेपाल पथ दल’ निर्वाचन आयोगमा दर्ता गरिएको हो ।

Advertisement

प्रसाईंले लामो समयदेखि नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका थिए । गत फागुनमा भएको निर्वाचन अगाडी उक्त महाअभियानलाई ‘नागरिक बचाउ दल’ नामाकरण गरेर निर्वाचन आयोगमा दर्ता गरेका थिए । उनले अहिले राजनीतिक सम्बन्धी ऐन, २०५३ को दफा ५१ बमोजिम नागरिक बचाउ दल, नेपाल नामक राजनीतिक दलको नाम परिवर्तन गरि ‘नेपाल पथ दल’ नामक राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गरेका हुन् ।

यसअघि दुर्गा प्रसाईले राप्रपाबाट निस्किएका डा. धवलशम्शेर राणासँग सहकार्यको तयारी गरेका थिए । जय नेपाल पार्टी गठन गर्ने तयारी गरेपनि कुरा नमिलेपछि अन्तिममा प्रसाईं बाहिरिएका थिए । अहिले जय नेपाल दल निर्वाचन आयोगमा दर्ता प्रक्रियामा छ । तर, दुर्गा प्रसाईंले भने ‘नेपाल पथ दल’ को प्रमाणपत्र लिइसकेका छन् । चुनाव चिन्ह परिवारसहितको घर लिइएको छ । यस दलमा ३५१ जनाको केन्द्रीय समिति रहने निर्णय गरेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट