धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा एक ट्रक चालक घाइते भएका छन्।


गल्छी गाउँपालिका–७ मा चितवनबाट काठमाडौं आउँदै गरेको ना.२ ख ४७४० नम्बरको टाटा ट्रक, काठमाडौंमा चितवनतर्फ जाँदै गरेको ना.६ ख २८५९ नम्बरको ट्रक र बा.२३–००१ नम्बरको सिमेन्ट मिक्सर आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा टाटा ट्रकका चालक नवलपरासीका ४२ वर्षीय सोमबहादुर मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
दाहालका अनुसार दुर्घटनापछि मल्ललाई कम्मरमुनिको भाग च्यापिएको अवस्थामा उद्धार गरिएको थियो। उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दाहालले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
