गुम्दीमा चाडपर्व विशेष कार्यक्रम हुने, लाहुरे भित्र्याउन सहयोग गर्नेलाई सम्मान गरिदैँ

  • २०८३ आश्विन २९, बिहिबार (३४ मिनेट अघि)
  • ७ पटक पढिएको
गुम्दीमा चाडपर्व विशेष कार्यक्रम हुने, लाहुरे भित्र्याउन सहयोग गर्नेलाई सम्मान गरिदैँ

धादिङ– बडादसैं दिपावली तथा छठ पर्वको अवसरमा धादिङको गङ्गाजमुना गाउँपालिका– ३ मा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । लगनशील स्वावलम्बी आमा कृषक समूहको आयोजना तथा गुम्दी युवा क्लबको समन्वयमा कात्तिक ४ गते गुम्दी सामुदायिक भवनमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

Advertisement

नेपालीका प्रमुख चाडपर्वका अवसरमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा शुभकामना आदानप्रदानसँगै विभिन्न सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै गाउँमा लाहुरे भित्र्याउने कार्यक्रमलाई सहयोग गर्नेहरुलाई पनि सहयोग गर्ने कार्यक्रम तय गरिएको सुष्मा घलेले जानकारी दिइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट