लायन्स क्लव अफ धादिङ समाजको अध्यक्षमा दिनेश रेग्मी

  • २०८३ आश्विन ३०, शुक्रबार (१ मिनेट अघि)
  • ४ पटक पढिएको
लायन्स क्लव अफ धादिङ समाजको अध्यक्षमा दिनेश रेग्मी

धादिङ– लायन्स क्लव अफ धादिङ समाजको अध्यक्षमा डा. दिनेश रेग्मी चयन भएका छन् । सामाजिक सेवा, मानवीय सहयोग तथा सामुदायिक विकासमा योगदान पुर्याउने उद्देश्यले लायन्स इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत स्थापना भएको यस क्लवको संस्थापक अध्यक्षमा रेग्मी चयन भएका हुन् । यस क्लवले सन् २०२६ अक्टोबर १४ (२०८३ असोज २८) मा चार्टर प्राप्त गरेको हो ।

Advertisement

त्यसैगरी, प्रथम उपाध्यक्षमा लायन इन्द्रबहादुर खतीवडा, द्वितीय उपाध्यक्षमा लायन अशोक खनाल, सचिवमा लायन डा. रेशमविक्रम सिञ्जाली, कोषाध्यक्षमा लायन डा. प्रियजन पाण्डे, सहसचिवमा लायन डा. अनिल गुरुङ र क्लब प्रशासकमा लायन पवित्रा लम्साल रहेका छन्।

त्यस्तै, सेवा कार्यक्रम अध्यक्षमा लायन डा. विजयबाबु धमला, सदस्यता अध्यक्षमा लायन अशोक वि.क., मार्केटिङ अध्यक्षमा लायन उद्धव रिजाल तथा क्लब निर्देशकमा लायन राजेश गुरुङ रहेका छन्।

क्लबका सदस्यहरूमा लायन कुमार आचार्य, लायन दीपककुमार श्रेष्ठ, लायन सीता विश्वकर्मा, लायन अर्पण पोखरेल, लायन सुशील लम्साल र लायन कृष्णकुमार भट्ट रहेका छन्।

क्लब स्थापनाको नेतृत्व तथा विस्तारमा लायन विक्रम विश्वकर्मा र लायन राजाराम रिजालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। त्यसैगरी, क्लबका संरक्षक तथा गाइडिङ लायनका रूपमा लायन कृष्णबहादुर पौडेल र लायन बद्री अधिकारी रहेका छन्।
लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको प्रायोजनमा स्थापना भएको यस क्लबमा २० जना चार्टर सदस्य आवद्ध भएका छन् । नवस्थापित क्लबले धादिङ जिल्ला तथा आसपासका क्षेत्रमा सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासका विविध कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
नवस्थापित क्लबले स्वास्थ्य सेवा तथा जनचेतना अभिवृद्धि, रक्तदान, सामुदायिक स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, वृक्षरोपण, वातावरण संरक्षण, जलवायु परिवर्तनसम्बन्धी जनचेतना तथा विपद् प्रभावितलाई राहत र मानवीय सहयोग उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी, शिक्षा प्रवद्र्धन, छात्रवृत्ति वितरण, पुस्तकालय स्थापना तथा व्यवस्थापन र युवाको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने योजना क्लबले अघि सारेको छ। स्थानीय समुदायका आवश्यकता पहिचान गरी दिगो, प्रभावकारी र परिणाममुखी सेवामूलक गतिविधि सञ्चालन गर्ने क्लबको लक्ष्य रहेको संस्थापक अध्यक्ष रेग्मीले बताए ।
समाजले विपन्न, असहाय, सीमान्तकृत तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग पुर्याउने लक्ष्य लिएको छ । समुदायमा सेवाभाव, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता अभिवृद्धि गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन क्लबले सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट