अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा

  • २०८३ कार्तिक २, आईतबार (३५ मिनेट अघि)
  • ११ पटक पढिएको
अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा

धादिङ– अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन भएका छन् । समाजको चौथो महाधिवेशनबाट खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

Advertisement

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जापानका राजेन्द्र श्रेष्ठ, उपाध्यक्षमा बाबुकाजी भण्डारी, पारस भण्डारी, शान्ता सिखडा र विनोद उप्रेती, महिला उपाध्यक्षमा रञ्जना भण्डारी चयन भएका छन् ।

त्यसैगरी, महासचिवमा कल्याण विक्रम कार्की, सचिवमा दिनेश लोहनी, राजेन्द्र थपलिया, दिवाकर दाहाल, सोमनाथ कँडेल र महिला सचिवमा कविता दाहाल चयन भएका छन् । कोषाध्यक्षमा रामकुमार थापा, सहकोषाध्यक्षमा दीपक चन्द्र भट्ट, छन्दप्रसाद सिलवाल, युवा संयोजकमा सुदिप सी. विष्ट र श्यामहरी तिमल्सिना चयन भएका छन् ।

समाजको सदस्यमा सुमन बुद्ध परियार, विक्रम गरन्जा, संगम तामाङ, विष्णुमाया सिखडा, शिव सिटौला, पुष्प लामिछाने, सेल्बा लामा तामाङ र गोविन्द राना मगर चयन भएका छन् ।

समाजको चौथो महाधिवेशनले आगामी कार्यकालका लागि विभिन्न पदमा नयाँ नेतृत्व चयन गरेको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट