चीनबाट प्याज आउन थालेपछि १९ प्रतिशतले घट्यो मूल्य

  • २०८० पौष १६, सोमबार (६ महिना अघि)
  • ९५ पटक पढिएको
चीनबाट प्याज आउन थालेपछि १९ प्रतिशतले घट्यो मूल्य

काठमाडौं– चीनबाट प्याज आयात भएसँगै प्याजको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिना अगाडिको तुलनामा सुकेको प्याजको औसत मूल्य १९ प्रतिशतले घटेको छ ।

Advertisement

गत मंसिर १५ गते एक किलो प्याजको मूल्य ९७ रुपैयाँ थियो भने हाल घटेर प्रतिकिलो प्याजको मूल्य ८० रुपैयाँ पुगेको छ । कालीमाटी बजार समितिको दैनिक मूल्यसूची अनुसार आज भारतीय सुकेको प्याजको न्यूनतम मूल्य ८० रुपैयाँ प्रतिकिलो छ । यस्तै, चाइनिज प्याजको मूल्य ६७ रुपैयाँ प्रतिकिलो छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट