सेयर बजारमा २८ अङ्कको वृद्धि, ४ अर्ब भन्दा धेरैको कारोबार

  • २०८० पौष १८, बुधबार (६ महिना अघि)
  • २२० पटक पढिएको
सेयर बजारमा २८ अङ्कको वृद्धि, ४ अर्ब भन्दा धेरैको कारोबार

काठमाडौं – लगातार छ दिनसम्म घटेको सेयर बजार आज भने झन्डै २८ अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ ।

Advertisement

आज सबै समूहको सेयर उकालो लागेकोमा जलविद्युत्, होटल तथा पर्यटन र लगानी समूहको सेयर उच्च अङ्कले बढेको छ ।

आज सात वटा कम्पनीका सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज लक्ष्मी लघुवित्तको सेयर भने सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

आज एक करोड पाँच लाख कित्ता सेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट