नेप्से साढे ५४ अङ्कले बढ्यो, ८ अर्ब रुपैयाँको कारोबार

  • २०८० माघ २, मंगलबार (६ महिना अघि)
  • २०१ पटक पढिएको
नेप्से साढे ५४ अङ्कले बढ्यो, ८ अर्ब रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजार आज उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५४ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव १७ विन्दुमा पुगेको छ ।

Advertisement

नेप्से झन्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको साउन ८ गते नेप्से २२ सय विन्दुमा पुगेको थियो ।

आज सबै समूहको सेयर बढेकोमा बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, विकास बैंक, हाइड्रोपावर, फाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज १२ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि ज्योति विकास बैंक बोन्ड २०८७ को सेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज २ करोड ३३ लाख कित्ता सेयर ८ अर्ब २ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम २ वर्षयताकै उच्च हो ।

यसअघि २०७८ साल माघ २० गते ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट