नेप्सेमा ३१ अंकको गिरावट, ६ अर्बभन्दा बढीको कारोबार

  • २०८० माघ ८, सोमबार (६ महिना अघि)
  • १५६ पटक पढिएको
नेप्सेमा ३१ अंकको गिरावट, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं– आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४९ अंकले घटेर २,०९८ को विन्दुमा कायम भएको छ ।

Advertisement

आज ३६ कम्पनीको मुल्य बढेको छ भने २०९ कम्पनीको मुल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर साङ्गे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै दोर्दी खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट