नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको अधिवेशन धादिङमा शुरु

व्यवसायीका समस्या तथा सवाल संसदमा उठाउँछु – संघीय सांसद अधिकारी
  • २०८० माघ १३, शनिबार (६ महिना अघि)
  • २४५ पटक पढिएको
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको अधिवेशन धादिङमा शुरु

धादिङ- पुस्तक तथा स्टेशनरी व्यवसायीको समस्या तथा सवाल संसदमा उठाइदिने संघीय सांसद रामनाथ अधिकारीेले बताए । राज्यसँग व्यवसायीको माग र सवाल आफैले नेतृत्व गरेर संसदमा पुर्‍याइदिने बताएका हुन् ।

Advertisement


२२ गतेदेखि चल्ने संसदमा आफुले बोल्न पाउने तीन मिनेटको समयमा पुस्तक तथा स्टेशनरी व्यवसायीका माग तथा सवाल उठ्ठान गर्ने उनले बताए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, बागमती प्रदेशको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन समारोहको सम्बोधन गर्दै सांसद अधिकारीले यस्तो बताएका हुन् । गुणस्तरिय उत्पादन, मर्यादित व्यापार, निति निर्माणमा पहुँच , सांगठानिक आधार भन्ने मूल नारासहित जिल्ला सदरमुकाम धादिङबेशीमा शुक्रबारबाट कार्यक्रम शुरु भएको हो ।

‘तपाई पुस्तक व्यवसायीहरुको केही समस्या छन् । या, तपाईहरुको कुरा राज्यलाई सुनाउनु पर्ने छ । पुस्तक व्यवसायी पिडामा हुनुहुन्छ । लेखेर दिनुहोस् मैले संसदमा बोल्न पाउने तीन मिनेट समय हुन्छ । तपाई पुस्तक व्यवसायीहरुको समस्या तथा सवाल तपाईहरुको सञ्देश म आफै नेतृत्व गरेर राज्यसम्म पुर्‍याउछु’ उनले भने ।

त्यस्तै, दुर दराजसम्मका विद्यालयमा समयमै पुस्तक पुर्‍याएको भन्दै उनले व्यवसायीहरुको खुलेरै प्रशंसा गरे । उनले भने– ‘देशभरि छरिएर रहनुभएका पुस्तक तथा स्टेशनरी व्यवसायीहरु एकजुट हुनुभयो । एकजुट भएर छलफल र सल्लाह गरेर समयमै पुस्तक पुर्‍याउनु भयो । खुषी लाग्यो तपाईहरुलाई धन्यवाद छ ।’ धादिङमा हुदै गरेको अधिवेशनले नयाँ नेतृत्व चयन सहमतिमा निर्विरोध गरेर सन्देश लिएर जानु पर्ने उनले बताए । ‘मर्यादित भएर संगठनलाई अघि बढाउनुहोस् । धादिङमा हुदै गरेको यो अधिवेशनले पुस्तक तथा स्टेशनरी व्यवसायीको एकताको सञ्देश दिन सकोस् शुभकामना छ’ उनले भने ।


त्यस्तै, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव शिवसागर शर्माले पुस्तकको मूल्य १२ वर्ष देखि समायोजन नहुँदा व्यवसायीहरु मर्कामा परेको बताएका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले र्शैक्षिक सत्रको शुुरुमै पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम गरेर सरकारको कामलाई सहयोग गरिरहेको उनको तर्क छ । तर व्यवसायी अगुवाहरुले पुस्तकको मूल्य समायोजन गर्नका लागि सरकारसँग माग गरेपनि माग पुरा भएको नभएको उनले गुनासो पोखे । १२ वर्ष अघि ७५ रुपैयाँ प्रतिकेजी परेकोमा अहिले २ सय ५० पर्दा पनि मूल्य समायोजन भएको छैन, भनले भने ।

बागमती प्रदेशका अध्यक्ष नारायण कुमार श्रेष्ठले राष्ट्रको समृद्धिमा शिक्षाको अपरिहार्यतालाई मनन् गर्दै महासंघ अघि बढेको बताएका छन् । कार्यक्रमकै अवसरमा धादिङमा २०४३ सालमा स्टेशनरी तथा पुस्तक पसल सुरुवात गर्ने गोविन्द श्रेष्ठ, प्रदेशमा रहेर काम गरेका सचिव हरि पौडेल सम्मानित भएका छन् । प्रदेश भरमा उत्कृष्ट काम गर्ने धादिङ शाखालाई समेत कार्यक्रममा सम्मान गरिएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट