धादिङमा दुई वटा क्लिनिकलाई कार्वाही

  • २०८० माघ १७, बुधबार (५ महिना अघि)
  • ४६६ पटक पढिएको
धादिङमा दुई वटा क्लिनिकलाई कार्वाही

काठमाडौं– धादिङमा बजार अनुगमन फेरी तीव्र बनेको छ । दशै तिहार जस्ता पर्वहरुमा खाद्यान्न र होटल व्यवसायको अनुगमनलाई तीव्र पारेको जिल्ला अनुगमन समितिले अहिले स्वास्थ्य संस्था र भेटेनरीहरुको अनुगमनलाई तीव्र पारेको हो ।

Advertisement

कानून विपरित हुन सक्ने गतिविधि रोक्न सम्बन्धित विशेषज्ञसहितको उपस्थितिमा अनुगमन गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।

‘विगतको अनुगमनमा गरिएका निर्देशन र सरकारको मापदण्ड पालनाको अवस्थाबारे अनुगमन गरिएको हो । अनुगमनको क्रममा धुनिवेसी नगरपालिका–१ भञ्ज्याङ पोखरीमा संचालित धुनिवेसी स्वास्थ्य क्लिनिक प्रा.लि. र धुनिवेसी फार्मेसीलाई दश/दश हजार जरिवाना गराएको छ’ उनले भने– ‘लाइसेन्स नभएको व्यक्तिले औषधी विक्रि गरेको र प्रतिवन्धित औषधी विक्रि गरेको आवश्यक कागजपत्र विना नै संस्था संचालन गरेको र म्याद गुज्रिएको औषधी विक्रि गर्न रोखेको पाइएकोले उपभोक्ता संरक्षण ऐन बमोजिम कार्वाही गरिएको हो ।’


अनुगमन समितिले भेटेनरी औषधी पसलहरुमा भने विगतमा भन्दा सुधार आएको जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख सन्दिप सिलवालले बताए । ‘एक वर्ष अगाडि भएको अनुगमनमा अधिकांश भेटेनरी औषधी पसलहरु कार्वाहीमा परेको थियो । ती पसलहरुले सुधार गरेको पाइएको छ’ उनले भने– ‘अनुगमन गरिएका अधिकांश ठाउँहरुमा औषधी व्यवस्था विभागको मापदण्ड अनुसार नै पसल संचालन गरेको पाइयो । अनुगमनको क्रममा केही पसलहरुलाई एक साताभित्र सुधार गर्न लिखित निर्देशन दिइएको छ ।’

यस्तो अनुगमनले व्यवसायीहरु सचेत बन्ने र सेवाग्राही र उपभोक्ताले राम्रो सेवा पाउने भन्दै स्थानीयहरु बताउँछन् । व्यवसायी आफै पनि कमी कमजोरी सुधार गर्न पाइने बताउँछन् । अनुगमन समितिले अहिले धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा पर्ने धुनिबेसी, थाक्रे, गल्छी, गजुरी र बेनिघाटमा अनुगमन गरिरहेको छ । जिल्लाका गाउँ गाउँमा समेत पुगेर अनुगमन गर्ने योजनासहित अनुगमनलाई तीव्र पारिएको अनुगमन समितिले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट