सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब २१ करोडको कारोबार

  • २०८० माघ २१, आईतबार (५ महिना अघि)
  • १४३ पटक पढिएको
सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब २१ करोडको कारोबार

काठमाडौं – आज सेयर बजार सामान्य घटेको छ । सेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० विन्दुमा झरेको छ ।

Advertisement

आज विकास बैंक, फाइनान्स र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू सबै समूहको सेयर ओरालो लागेको छ । आज मिथिला लघुवित्त र रावा इनर्जी कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर साढे नौ प्रतिशतले बढेको छ ।

आज ९२ लाख ७२ हजार सात सय कित्ता सेयर तीन अर्ब २१ करोड ६७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँको सेयर खरिद÷बिक्री भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट