९ अंकले बढ्यो नेप्से, २ अर्ब ५९ करोडको कारोबार

  • २०८० माघ २३, मंगलबार (५ महिना अघि)
  • १६६ पटक पढिएको
९ अंकले बढ्यो नेप्से, २ अर्ब ५९ करोडको कारोबार

काठमाडौं– आज सेयर बजार परिसूचक नेप्सेमा झन्डै १० अंकको वृद्धि भएको छ । अघिल्लो दिन १४ अंकले बढेको सूचकमा आज थप ९.४४ अंकको वृद्धि हुँदै २ हजार ८५.७१ अंकमा उक्लिएको हो ।

Advertisement

यद्यपि, अघिल्लो दिन १४ अंकले नेप्से बढेको बजारमा २ अर्ब ४३ करोड रुपैयाँ बराबरको मात्र कारोबार हुँदा आज ९ अंकले नेप्से बढ्दै गर्दा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्सको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै माउन्टेन इनर्जी नेपाल लिमिटेडको १६ करोड ६५ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल रि–इन्स्योरेन्सको ८ करोड ७४ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट