सेयर बजारमा सामान्य अङ्कको सुधार

  • २०८० माघ २४, बुधबार (५ महिना अघि)
  • १४९ पटक पढिएको
सेयर बजारमा सामान्य अङ्कको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको हो ।

Advertisement

आज विभिन्न तीन सय १३ कम्पनीका ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता सेयर ६५ हजार चार सय ६३ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ बराबरको कारोबार भएको छ ।

वित्त समूह शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १७, निर्जीवन बीमा समूह शून्य दशमलव ३९, व्यापार समूह शून्य दशमलव १२ र अन्य समूह एक दशमलव ५३ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा बढी होटल तथा पर्यटन समूह एक दशमलव ५० र जीवन बीमा समूह एक दशमलव २९ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ समूह शून्य दशमलव २६, विकास बैंक समूह शून्य दशमलव ३०, जलविद्युत् समूह शून्य दशमलव ९४, लगानी समूह शून्य दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ४२ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने एनसीसी डिभेञ्चर २०८६ पाँच दशमलव २५ प्रतिशतले घटेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट