विद्युतीय गाडीको आयात बढ्दो: ६ महिनामै ५ हजारभन्दा धेरै भित्रिए

  • २०८० माघ ७, आईतबार (६ महिना अघि)
  • १९५ पटक पढिएको
विद्युतीय गाडीको आयात बढ्दो: ६ महिनामै ५ हजारभन्दा धेरै भित्रिए

काठमाडौं– नेपालमा विद्युतीय गाडीको आयात ३ गुणाले बढेको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १२ अर्ब ७३ करोड रुपैयाँका ५ हजार १ सय वटा विद्युतीय गाडी आयात भएका छन् ।

Advertisement

यो गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा झन्डै ३ गुणाले धेरै हो । गएको वर्षको ६ महिनामा ४ अर्ब ५२ करोड रुपैयाँका १७ सय ४९ थान विद्युतीय गाडी आयात भएका थिए ।

सरकारले विद्युतीय गाडी आयात र प्रयोगमा प्रोत्साहन गरेपछि आयात निकै बढेको हो । यो वर्ष पुस महिनामा मात्रै १४ सय २१ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ ।

विद्युतीय गाडी सबैभन्दा धेरै चीनबाट आयात हुने गरेका छन् । चीनबाट बीवाईडी, एमजी, ग्रेटवाल लगायत ब्रान्डका ३ हजार १ सय २५ वटा विद्युतीय गाडी भित्रिएका छन् । यस्तै भारतबाट टाटा, सिट्रोन, हुन्डाई लगायत ब्रान्डका १९ सय २२ वटा विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ ।

यस्तै कोरिया, जर्मनी, इन्डोनेसिया, अमेरिका लगायतका देशबाट पनि गाडी आयात भएका छन् । गएको आर्थिक वर्षभरि जम्मा ४ हजार ५० वटा विद्युतीय गाडीको आयात भएकोमा अहिले ६ महिनामै ५१ सय वटा गाडी आयात भएका छन् । यसले नेपालमा विद्युतीय गाडीको प्रयोग तीव्र गतिमा बढेको देखाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट