लम्पी स्किनबाट ७६ अर्ब बढीको क्षति, अझै १७ हजारभन्दा बढी पशु चौपाया सङ्क्रमित

  • २०८० माघ ३, बुधबार (६ महिना अघि)
  • २०१ पटक पढिएको
लम्पी स्किनबाट ७६ अर्ब बढीको क्षति, अझै १७ हजारभन्दा बढी पशु चौपाया सङ्क्रमित

काठमाडौं– लम्पी स्किन रोगका कारण देशभर ७६ अर्ब रुपैयाँ बराबर भन्दा बढीको क्षति भएको छ । नेपाल पशु चिकित्सा परिषद्का अनुसार ७६ अर्ब ४ लाख रुपैयाँको क्षति भएको हो ।

Advertisement

पशु स्वास्थ्य सेवा विभागका अनुसार हालसम्म ६५ हजार ४ सय पशु चौपायाको मृत्यु भइसकेको छ ।

मृत्यु भएका पशु चौपायाको क्षति ७६ अर्ब ४ लाख रुपैयाँ रहेको परिषद्ले जनाएको छ । देशभर १७ हजारभन्दा बढी पशु चौपाया अझै लम्पी स्किन सक्रिय सङ्क्रमित छन् ।

विभागका अनुसार देशभर कुल गाईभैँसीको सङ्ख्या ७५ लाखमध्ये १५ लाख ३६ हजार पशु सङ्क्रमित भएका थिए । सङ्क्रमित पशुमध्ये ९४ दशमलव ६२ प्रतिशत पशु चौपाया निको भइसकेका छन् भने १ दशमलव १२ प्रतिशत सक्रिय सङ्क्रमित छन् ।

सङ्क्रमितमध्ये ४ दशमलव २६ प्रतिशत पशुको मृत्यु भइसकेको विभागको तथ्यांकमा उल्लेख छ । हालसम्म १० लाख ५३ हजार ५ सय ५२ पशुचौपायालाई लम्पी स्किनको विरुद्धको खोप लगाइएको विभागले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट