राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशमा पुग्यो मतपत्र

  • २०८० माघ ५, शुक्रबार (६ महिना अघि)
  • ७६ पटक पढिएको
राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशमा पुग्यो मतपत्र

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा मतपत्र पुगेको छ ।

Advertisement

शुक्रबारसम्म सात वटै प्रदेशमा मतपत्र पु¥याइएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र बनाइएको छ ।

त्यस्तै पालिका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षका लागि सेतो रंगको कागजमा रातो रंङको मसीको विवरण तथा निर्वाचन चिन्ह रहेको मतपत्रहरू छापिएका छन् ।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ । १९ पदका लागि आठ दलको तर्फबाट ५२ जना उम्मेदवार छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट