उच्च अदालतको आदेशपछि मेयर हर्क साम्पाङले बीपीका उपकुलपतिको कार्यालयमा लगाएको ताला खुल्यो

  • २०८० माघ ६, शनिबार (६ महिना अघि)
  • १८५ पटक पढिएको
उच्च अदालतको आदेशपछि मेयर हर्क साम्पाङले बीपीका उपकुलपतिको कार्यालयमा लगाएको ताला खुल्यो

काठमाडौं – धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा माघ १ गतेदेखि लागेको ताला खुलेको छ ।

Advertisement

उपकुुलपति प्रल्हाद कार्कीले राजनीति गरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ताला लगाएका थिए । उच्च अदालत विराटनगरको आदेशपछि उहाँले हिजो आफ्नो सचिवालयका कर्मचारीलाई खटाएर ताला खोलेका हुन् ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले अस्ति बिहीबार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश दिएको थियो । अदालतको आदेशपछि उपकुलपतिको कार्यकक्षमा लागेको ताला खुले पनि डाक्टर र कर्मचारीले गर्दै आएको हडताल भने कायमै छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट