एमालेले बुझायो सरकारलाई ७५१ माग सहितको ज्ञापनपत्र

  • २०८० माघ ९, मंगलबार (६ महिना अघि)
  • ११७ पटक पढिएको
एमालेले बुझायो सरकारलाई ७५१ माग सहितको ज्ञापनपत्र

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडका समस्याबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वको एमाले प्रतिनिधिमण्डलले ध्यानाकर्षण बुझाएको हो । झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रापछि जनताका सुझाव र पार्टीले अनुभूत गरेका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता प्रदिप ज्ञवालीले जानकारी दिए ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेलाई विभिन्न ४६ वटा क्षेत्रका प्राप्त भएका ७५१ वटा मागहरु प्रधानमन्त्रीलाई बुझाइएको छ ।

प्रधानमन्त्रीले प्राप्त मागहरू ‘दराजमा नथन्काएर’ कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको पनि उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट