संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

  • २०८० माघ ९, मंगलबार (६ महिना अघि)
  • १७२ पटक पढिएको
संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं– सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्नेसम्बन्धी निर्णय गरेको छ ।

Advertisement

मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले माघ २२ गते अपराह्न संसदको दुबै सदन (प्रतिनिधि र राष्ट्रियसभा) को अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिइन् ।

यसअघि संसदको बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट