‘मौन अवधि’मा शेखर कोइराला निवासमा चियापान कार्यक्रम

  • २०८० माघ १०, बुधबार (६ महिना अघि)
  • १२३ पटक पढिएको
‘मौन अवधि’मा शेखर कोइराला निवासमा चियापान कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चियापान राखेका छन् ।

Advertisement

केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले नेता तथा कार्यकर्ताहरूलाई बोलाएर आज बिहान विराटनगरमा रहेको निवासमा चियापान गरेका हुन् ।

उक्त चियापानमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत उपस्थित थिए । यस्तै कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख समेत सहभागी भए ।

बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनको मौन अवधि जारी छ । यो अवधिमा उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ ।  त्यसलाई उल्लङ्घन गर्दै कोइरालाले चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट