विवादपछि रोकिएको एमाले धादिङको बन्द सत्र फागुन १ गतेबाट सुरु हुने

  • २०८० माघ २३, मंगलबार (५ महिना अघि)
  • १४६ पटक पढिएको
विवादपछि रोकिएको एमाले धादिङको बन्द सत्र फागुन १ गतेबाट सुरु हुने

काठमाडौं– विवादपछि आइतबारबाट रोकिएको नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्द सत्र फागुन १ गतेबाट सुरु हुने भएको छ ।

Advertisement

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आज दोस्रो विज्ञप्ति जारी गर्दै अवरुद्ध बन्द सत्र आगामी फागुन १ गते सुरु गर्ने जानकारी गराएका हुन् । अध्यक्ष देवकोटाले अधिवेशन सम्पन्न गराउन केन्द्रीय संगठन विभागे आवश्यक सबै कामहरूमा निर्देशन एवं सहजीकरण गर्ने समेत जनाएका छन् ।

अधिवेशनका क्रममा विवाद भएर हात हालाहालको अवस्था आएपछि अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, अध्यक्ष कैलाश ढुंगेल, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा र हालका अध्यक्ष भूमि त्रिपाठीसहितका नेतालाई काठमाडौँ बोलाएर अधिवेशन नरोक्न निर्देशन दिएका थिए ।

एमाले धादिङमा ओलीनिकट दुई गुटको लडाइँले अधिवेशन प्रभावित भएको प्रतिनिधिहरूको भनाइ छ । अध्यक्षमा हालका अध्यक्ष त्रिपाठी र नेता रामकुमार अधिकारी आकांक्षी रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट