काठमाडौं– सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि दोस्रोपटक आज बोलाइएको बैठक पनि स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बोलाइएको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेको हो ।
सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री सोडारीले सल्लाह बिना विश्वासको मत लिन हतार गरेकाले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाको बैठक स्थगित गर्दै शनिबार लिने तयारी थियो ।
तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं आएपछि प्रदेशसभा बैठक अनिश्चितकाललाई सारिएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।