काठमाडौंमा एक पुरूषको अपहरणमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

  • २०८० पौष १५, आईतबार (६ महिना अघि)
  • २०० पटक पढिएको
काठमाडौंमा एक पुरूषको अपहरणमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

काठमाडौं– काठमाडौंमा एक जना पुरूषको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

Advertisement

अपहरण गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चार जनालाई पक्राउ गरेको हो ।

मंसिर १० गते दिउँसो ३ बजे काठमाडौं महानगरपालिका–८ चाबहिलबाट हिस्सीथाया तामाङको अपहरण भएको प्रहरीले जनाएको छ ।
उनको अपहरणमा संलग्न चार जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको बसपार्क बस्ने ४२ वर्षीय तेजमान तामाङ, शंखरापुरको थली बस्ने ३२ वर्षीय कर्मा छेवाङ थिङ, माकलवारी बस्ने २६ वर्षीय सौगात तामाङ र थली बस्ने ३८ वर्षीय सम्राट भन्ने विरे तामाङ छन् ।

प्रहरीका अनुसार हिस्सीथाया तामाङलाई उनीहरूले जबरजस्ती बल प्रयोग गरी ट्याक्सीमा हालेर नजिकैको एक जंगलमा लगेका थिए । त्यसपछि राति उनलाई गागलफेदीस्थित एक होटलमा राखिएको थियो ।

भोलिपल्ट तामाङको खाताबाट १३ लाख ५० हजार रुपैयाँ झिकेपछि छाडिएको प्रहरीले जनाएको छ ।

अपहरण भएपछि पीडित हिस्सीथाया तामाङ प्रहरी परिसरमा पुगेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट